ग्रोथ लिडरसिप एकडेमीको ‘सेल्स समिट’ सम्पन्न

ग्रोथ लिडरसिप एकडेमीको ‘सेल्स समिट’ सम्पन्न

काठमाडौँ । ग्रोथ लिडरसिप एकडेमीले आयोजना गरेको ‘सेल्स समिट २०१९’ सम्पन्‍न भएको छ । बिहीबार काठमाडौँ बौद्धस्थित हायत होलमा आयोजना गरिएको ‘सेल्स समिट २०१९’ सम्पन्‍न भएको हो ।  कार्यकमको उद्‌घाटन उद्योग वाणिज्‍य संघका उपाध्‍यक्ष एवं व्यापारी शेखर गोल्छाले गरेका थिए ।

सो समिटमा वस्तु तथा सेवा विक्रि वितरणका लागि नेतृत्व तथा व्यक्तित्व विकास, मानव संसाधन तथा स्रोत, सेल्स मार्केटिङ लगायतमा सशक्तिकरणका लागि ४ चरणमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

पहिलो चरणको कार्यपत्र सूर्य नेपालका उप-सभापति रवि केसीले ‘सेल मोटिभसन’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सो कार्यपत्र प्रस्तुतका क्रममा कम्पनीको मेरुदण्ड भनेको वस्तुको विक्रि गर्नु बताए ।

यस्तै हरके क्षेत्रममा विक्रि वितरणको काम हुन्छ। तर त्यस क्षेत्रमा पहिले आफूलाई बेच्न सक्नुपर्छ अनि मात्र वस्तु बेच्न सकिने उनको भनाई छ। उनका अनुसार कुनै पनि वस्तुको विक्रि गर्न पहिले विक्रेताले ग्राहकसँग सम्बन्ध विस्तार गर्न जरुरी रहेको पनि जानकारी दिए । त्यस्तै विक्रेताले सबै कम्पनीका वस्तुहरुका बारेमा पनि जानकारी राख्नु पर्छ। जसले वस्तुको विक्रिमा सहयोग गर्ने पनि जानकारी दिए ।

सफल विक्रेता बन्‍न या सफल व्यवसायी बन्‍न कडा मेहनत, सामूहिक कार्य, नयाँ सोच, सिर्जनशील र अरुको समस्यालाई आफ्नो समस्या भनेर काम गर्दा सफलता मिल्ने उनको दाबी छ । यस्तै उनले सँधै निष्पक्ष निर्णय र गुणस्तरीयमा ध्यान दिन पनि विक्रेतालाई आग्रह गरे ।

यस्तै दोस्रो कार्यपत्र भारतका ‘सल्स एक्सपट’ देव गादवीले अधिक विक्रिवितरणाका लागि चाहिने मुख्य सुत्रका बारेमा जानकारी दिए। उनले वस्तु विक्रि गर्नका लागि वस्तुको प्रचार नगर्ने, अस्वीकार गर्न सक्‍नु पर्ने, तर्कमा आधारित भावना, बढी सेवा दिने र बजार र ब्राण्डमा केन्द्रित लगायतका सुत्रका बारेमा विस्तृत रुपमा जानकारी दिए ।

यस्तै सो ममिटमा तेस्रो कार्यपत्र स्पेस टाइम नेटवर्कका प्रबन्ध निर्देशक अर्निको सिंहले ‘इमपोटेन्ट अफ स्क्रीप्ट’ का बारेममा जानकारी दिएका थिए भने चौथो कार्यपत्र टुटलका सह–संस्थापक शिक्षित भट्टले ‘इनोभेटिभ टुल एण्ड सेलिङ’ का बारेमा जानकारी दिएका थिए ।

यस्तै सो समिटमा विभिन्न बैंक, आइटी कम्पनी, इन्जिनियर लयागत दुई सय ५० जनाको सहभागिता रहेको थियो । सन् २००८ देखि करीब तीन सय बढी कार्यक्रम संचालन गरेर धेरै कार्यालयमा दक्ष जनशक्ति उत्पादन गरिसकेको ग्रोथ लिडरशीप एकाडेमीको यो चौथो संस्करण हो ।

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय