युवा उद्यामी मञ्चको वर्कसप सम्पन्न

युवा उद्यामी मञ्चको वर्कसप सम्पन्न
काठमाडौं । युवा उद्यमी मञ्चले गत २१ जुलाईदेखि २८ सम्म वर्कसप सम्पन्न गरेको छ । मञ्चले मार्चमा ‘युवा उद्यमी सम्मेलन– महिला’ सम्पन्न गरेसँगै कार्यशालाका सहभागीहरूको अत्यन्त सकारात्मक प्रतिकृया तथा रुचीदेखाएका कारण निरन्तरतास्वरुप वर्कसप गरेको अध्यक्ष निकोलस पाण्डेले बताए । 
 
यस अघिको वर्कसपका सहभागीले अझै सात ओटा विषयमा बुझ्ने इच्छा देखाएकाले सम्मेलन गर्नु परेको आयोजकले बताएको छ जह कारखाना, कम्युनिटर, एड्स मार्केट प्रा. लि., जागुआर इन्भेस्टमेन्टस्, एक्ट ३६०, अभिनव ल च्याम्बर र अन्तरप्रेरणाका विज्ञरस्रोत व्यक्तिहरूलाई हामीले संयुक्त रुपमा ७ वटा मुख्य क्षेत्रहरू विशेष गरि(शिक्षा, उद्योग संयोजन, लगानी, नयाँव्यवसायको सिर्जना, वौद्धिक सम्पत्ति र फ्रान्चाईज, सर्च इन्जिन अप्टिमाइजेसनका अधारभूत विषय तथा विद्युतीय बजारीकरणको प्रतिनिधित्व रहने गरी उक्तकार्यशाला सन्चालनगरिएको थियो । 
 
ती कार्यशालाहरूमा ७० विद्यार्थी, उद्यमीहरू, पेशाकर्मीहरू तथा समाजका प्रेरणादायी उद्यमीहरू सहभागी थिए र यसको उद्देश्य उद्यमको वातावरणमा यसका सरोकारवालाहरू सम्म पुगी स्रोत तथा विज्ञतालाई सँगै अघि लगेर संयुक्त रुपको वातावरणमा योगदान पुर्याउनु थियो र यो भव्य रुपमा सफलभएको थियो । यस कार्यशालाकालागि लक्ष्मी बैंकले सहयोग गरेको युवा उद्यमी मञ्चका उपाध्यक्ष (महिला) उपाशना श्रेष्ठले बताइन् ।
  
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय