अमेरिकी डलरको भाउ ११५.२० रुपैयाँ पुग्यो, रेमिटेन्स पठाउनेलाई फाइदा

अमेरिकी डलरको भाउ ११५.२० रुपैयाँ पुग्यो, रेमिटेन्स पठाउनेलाई फाइदा
काठमाडौं । अमेरिकी डलरको भाउ फेरि ४० पैसाले बढेर ११५ रुपैयाँ २० पैसा पुगेको छ ।  करिव तीन सातामा डलरको भाउ ४ रुपैयाँ ८३ पैसाले बढेको छ ।
 
अमेरिका(चीन व्यापार युद्धका कारण विस्तारै उक्लिन थालेको डलरको भाउ अघिल्लो साता भारतले जम्मुकस्मिर बारे लिएको महत्वपूर्ण निर्णयका कारण उचालिएको हो । 
 
स्वतन्त्र राज्यका रुपमा रहेको जम्मु कस्मिरलाई केन्द्रीय सरकार अन्तर्गत ल्याए लगत्तै भारु कमजोर देखिएर डलर बलियो भएको हो । यसैगरी भारतीय अर्थतन्त्रमा मन्दी आउने आँकलनहरु सार्बजनिक भइरहँदा पनि भारु कमजोर देखिन थालेको हो ।
 
भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । किनभने नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिनिमय दर ९१०० भारु बराबर १६० नेपाली रुपैयाँ० छ । भारुमा आउने तरङले नेपाली रुपैयाँलाई पनि असर पार्ने गर्छ ।
 
तीन साताअघि डलर ११० रुपैयाँ ३७ पैसामा सजिलै पाईन्थ्यो । दुई सातादेखि डलर ११३ रुपैयाँ हाराहारीमा बसेको थियो । ११० मा रहेको डलरले ११२ लाई नटेकी १११ हुँदै सोझै ११३ रुपैयाँमा उक्लिएको थियो ।
 
डलरको भाउ बढ्दा विदेशमा रहेका नेपालीको पैसा बुझ्ने स्थानीय परिवारलाई फाइदा हुन्छ। तर व्यापार घाटा थप बढाउन भने यसले मद्दत गर्छ । सबै आयातित सामान महँगोमा किनेर भित्र्याउनु पर्ने हुन्छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय