एडीबीको टीएफपीले लक्ष्मी बैंकसँग सहकार्य गर्ने

एडीबीको टीएफपीले लक्ष्मी बैंकसँग सहकार्य गर्ने
काठमाडौं । एसियाली विकास बैंकको ट्रेड फाइनान्स कार्यक्रम र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपालमा ऋण विस्तार गर्नका लागि सम्झौता भएको हो ।
 
सन् २००९ देखि नेपालमा चालु रहेको एडीबीको यो कार्यक्रमले हालसम्म ८२ मिलियन अमेरिकी डलर बराबरको व्यापारमा सहयोग गरेको जानकारी दिएको छ । कृषि, निर्माण, सोलार र तयारी पोसाकजस्ता व्यापारमा यो कार्यक्रमले सहयोग परिचालन गर्दै आएको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय