नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज

नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज
काठमाडौँ । व्यापारी अजेयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमतिपत्र खारेज भएको हो ।
 
प्राधिकरणका अध्यक्ष पुरुपोत्तम खनालले आइतबार नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज गर्ने निर्णय भएको जानकारी दिए । ‘अब उसले ३५ दिन भित्र अनुमतिपत्र खारेज निर्णय विरुद्ध उजुरी हाल्न सक्छ’, उनले भने, ‘हामीले दिएको म्यादमा बक्यौता नतिरेपछि खारेजीको निर्णय गरिएको हो ।’
 
नेपाल स्याटेलाइट फ्रिक्वेन्सी दस्तुरबापत प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ । प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको थियो ।
 
उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्या उने सर्तमा २०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय