ग्लोबल आईएएमईको बिशेष साधारण सभा साउन १४ गते

ग्लोबल आईएएमईको बिशेष साधारण सभा साउन १४ गते
काठमाडौं । यहि साता जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले यहि साउन १४ गते बिशेष साधारण सभा गर्ने भएको छ । बैंकले जनाए अनुसार असार २७ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । 
 
बैकबाट जारि सुचना अनुसार ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर गर्ने प्रयोजनाकको लागि असार २२ गतेबाट कारोबार बन्द रहेकोले असार २१ गते सम्म कारोबार गर्ने शेयरधनीले सो साधारण सभामा भागलिन पाउने छन् । 
 
बिशेष साधारण सभाले हाथवे फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा संचालक समितिले राखेको प्रस्ताब पारित गर्ने छ । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय