ग्यास दुर्घटना न्यूनीकरण गर्न उद्योगीहरुले सचेतना कार्यक्रम गर्ने

ग्यास दुर्घटना न्यूनीकरण गर्न उद्योगीहरुले सचेतना कार्यक्रम गर्ने
काठमाडौं । ग्यासको बढ्दो प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ग्यास उद्योगी अग्रसर हुन थालेका छन् । केही वर्ष अघिसम्म आयल निगमलेनै ग्यास सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै अडान राख्ने उद्योगीहरु आफै सचेतना अग्रसर हुन थालेका हुन् । यही क्रममा ओम ग्यासले शनिबार टोखा नगरपालिकामा सचेतना कार्यक्रम गर्यो । कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
 
‘हरेक भान्छाको पुग्ने ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’ उनले भने । अधिकारीका अनुसार ग्यास सुरक्षित प्रयोगका लागि नगरपालिकाभित्र सचेतना कार्यक्रम गर्ने प्रतिवद्धता समेत जनाए । 
 
कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर श्रेष्ठले आफू नेतृत्वमा आउँदा गरेको प्रतिवद्धता अनुसार बिक्रेताको कमिशन बढेको बताउँदै अब डिलर प्रमाणिकरणलाई प्राथमिकतामा राखेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले महासंघले ग्यासको सुरक्षित प्रयोगका लागि विभिन्न नगरपालिकाको सहकार्यमा सचेतना कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा ओम ग्यासका अध्यक्ष हरि पाठकले आफू ग्यास क्षेत्रको सुधारका लागि सधै प्रतिवद्ध रहेको बताउँदै त्यही प्रतिवद्धता अनुसार सचेतना कार्यक्रम गरेको बताए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय