डीएभी कलेजमा अध्ययनरत बीबीएका विद्यार्थीलाई अभिमुखीकरण तालिम

डीएभी कलेजमा अध्ययनरत बीबीएका विद्यार्थीलाई अभिमुखीकरण तालिम

काठमाडौं । ललितपुरको भनिमण्डलमा रहेको डीएभी कलेज अफ म्यानेजमेन्टले बृहत अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

होटल कन्ट्री भील्ला नगरकोटमा २० र २१ कात्तिकमा आयोजना गरिएको कार्यक्रममा बीबीएमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बीबीएमा अध्ययनरत विद्यार्थीका लागि उपयोगी हुने आधारभूत ज्ञान प्रदान गर्नुका साथै उक्त विषयका क्षेत्र, भविष्य र अध्ययनका पूर्वशर्तहरु लगायत पठनपाठनका तौरतरिकाबारे  जानकारी गराइएको कलेजले जनाएको छ ।

दुई दीवसीय कार्यक्रममा प्राडा डिल्लीराज शर्मा, कलेजका अध्यक्ष अनिल केडिया र व्यावसायिक तालिमकर्ता मनोहरमान श्रेष्ठले विद्यार्थीहरुलाई प्रशिक्षित गरेका थिए ।

 

 

No comment yet. Be the first one to comment.