नेको इन्सुरेन्सको खुद नाफा सामान्य घट्यो

नेको इन्सुरेन्सको खुद नाफा सामान्य घट्यो

काठमाडौं । नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ७१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ६.६४% ले थोरै हो ।

अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ७ करोड १९ लाख रुपैयाँ रहेको थियो । यस इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी १५.१५% ले घटेर असोज मसान्तसम्म ४४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । साथै, भुक्तानी हुन बाँकी दाबी वापत ५७ करोड ३६ लाख व्यवस्था गरेपछि आम्दानीमा कमी आएको छ ।

नेकोको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष २९.०९% ले घटेर ५१ करोड ९७ लाख रुपैयाँमा आएको छ । बिमा कोष २१.६७% ले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । वित्तीय विवरण अनुसार नेकोको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५१ पैसा रहेको छ ।

 

 

No comment yet. Be the first one to comment.