युनाइटेड इन्स्योरेन्सका सिइओ उपासना पौडेलको राजिनामा स्वीकृत

युनाइटेड इन्स्योरेन्सका सिइओ उपासना पौडेलको राजिनामा स्वीकृत

काठमाडौं । युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेलको राजिनामा स्वीकृत भएको छ ।

कम्पनीले भोलि कार्तिक २८ गते देखि लागू हुने गरी सिइओ पौडेलको राजिनामा स्वीकृत गरेको हो ।

सिइओ पौडेलले व्यक्तिगत कारण देखाउदै असोजमै कम्पनी सञ्चालक समिति समक्ष राजिनामा पेश गरेका थिइन् ।

सिइओ पौडेलको राजिनामा स्वीकृत गर्दै कम्पनीले सोही दिनबाटै लागू हुने गरी नविन सुवेदीलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ ।

 

 

No comment yet. Be the first one to comment.