दशैँमा डेँगुकाे प्रकाेप बढ्न सक्ने, लगातार पानी परेकाेले अझै फैलिन सक्ने जोखिम

दशैँमा डेँगुकाे प्रकाेप बढ्न सक्ने, लगातार पानी परेकाेले अझै फैलिन सक्ने जोखिम

काठमाडौं । डेङ्गुका कारण साउनयता नेपालमा ४२ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

पानी  निरन्तर  परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाले जनाएकाे छ । बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको  छ ।

डेङ्गुबाट जोगिन घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन  चिकित्सकको सुझाव छ ।

 

 

 

No comment yet. Be the first one to comment.