रियलमी सी–सिरिजमा सी३३ सार्वजनिक, मूल्य १६ हजार ४ सय ९९ रुपैयाँ

रियलमी सी–सिरिजमा सी३३ सार्वजनिक, मूल्य १६ हजार ४ सय ९९ रुपैयाँ

काठमाडौं। रियलमीले सी–सिरिजमा रियलमी सी३३ स्मार्ट फाेन सार्वजनिक गरेकाे छ। ५० एमपी एआई क्यामेराको एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिस सी३३ को नयाँ संस्करण सार्वजनिक गरेको हाे। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगलमा धेरै अत्याधुनिक महसुस गराउँने कमपनीले जनाएकाे छ। 

फाेन लन्चबारे बोल्दै रयलमी नेपालका हेड मुनिष गिरीले उचित मूल्यमा उच्च प्रविधि, पावर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउनेलक्ष्य राखेकाे जानकारी दिए। रिएलमी सी ३३ उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरू प्रदान गर्ने साेच रहेकाे उनकाे भनाइ छ।  

रिएलमी सी३३ मा रहेको पछाडिको केसमा माइक्रोन–स्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएको रेखाहरुले विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल ईफेक्ट प्रदान गर्छ।

रिएलमी सी३३ ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि पिसी र पिएमएमए  दुबै सामग्रीहरू अपनाउँछ, जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ। यस स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पको साथ युनि–कभर ब्याक कभर पनि राखिएको छ । यसको ८.३ एमएम अल्ट्रा स्लिम बडीले प्रयोगकर्तालाई हल्का र आरामदायी महसुस गराउँछ । 

यस फाेनमा ५० एमपी एआई प्राइमरी क्यामेरा फिचर छ। यसबाहेक, यस स्मार्टफोनमा नाइट मोड, एचडीआर मोड, टाइमल्याप्स, पानोरामिक भ्यू मोडहरू पनि खिच्न सकिन्छ। 

रिएलमी सी३३ मा भएको ६.५ इन्च (१६.५ सेमी) मिनी–ड्रप डिस्प्लेले फुल स्क्रिन अनुभव प्रदान गर्छ। यसमा रहेको ५ हजार मेघाहर्ज ब्याट्रीको स्ट्यान्डबाइमा ३७ दिनसम्म टिकाउ रहन्छ। अल्ट्रा–सेभिङ मोडमा ५ प्रतिशत ब्याट्री ब्याकअपमा पनि १.८ घण्टासम्म कुरा गर्न सकिन्छ। छिटो र छरितो अनुभव प्रदान गर्ने युनीसी टी६१२ प्रोसेसर, युएपफएस २.२ र एन्ड्रोइड १२ समावेश गरिएको यो सी सिरिजको पहिलो स्मार्टफोन हो। 

सी३३ स्मार्ट फोनको मूल्य

 

No comment yet. Be the first one to comment.