ब्रोकर लाइसेन्स खुल्ने भएपछि लगानीकर्ता खुशी

ब्रोकर लाइसेन्स खुल्ने भएपछि लगानीकर्ता खुशी

काठमाडौं । करिब एक दशकपछि नेपालमा फेरि नयाँ ब्रोकर लाइसेन्स खुला हुँदैछ । नेपाल धितोपत्र बोर्डले आइतबार नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि आवेदन माग गरेको छ ।

सेबोनले सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक जो कोहीले निवेदन पेश गर्न सक्ने जनाएको छ । यो सँगै अब ५० बटा ब्रोकरहरुको सिन्डिकेट तोडिने भएको छ । नयाँ ब्रोकर लाइसेन्स तथा पुँजी बजार विकास र बिस्तारका लागि लगानीकर्ताहरुले पछिल्लो समय विभिन्न आन्दोलनदेखि आमरण अनसनसमेत बस्नु परेको थियो ।

लामो समयको कसरतपछि बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा पाँचौं संशोधन गरेर नयाँ व्यवस्था गरेसँगै ब्रोकर लाइसेन्सको बाटो खुला भएको हो । अब काठमाडौं र केही सहरमा मात्र सीमित रहेका ब्रोकर कार्यालय विभिन्न सहरदेखि गाउँगाउँसम्म पुग्नेमा लगानीकर्ताहरु आशावादी बनेका छन् । लगानीकर्ताहरुले अहिलेका अधिकांश ब्रोकरहरुले गुणस्तरीय सेवा सुविधा दिन नसकेको र नयाँ आउन पनि नदिएको आरोप लगाउँदै आएका छन् ।


 

 

 

No comment yet. Be the first one to comment.