सूर्या लाइफ इन्सुरेन्सको नाफा ३२.७४% घट्यो

सूर्या लाइफ इन्सुरेन्सको नाफा ३२.७४% घट्यो

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको खुद नाफा ३२.७४% ले घटेर गत आर्थिक वर्षमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस इन्सुरेन्सले २० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले नोक्सानी व्यवस्थाका लागि १३ करोड रुपैयाँ छुट्याएपछि खुद नाफामा दबाब परेको हो । असार मसान्तसम्म कम्पनीको जगेडा कोष १२.७३% ले घटेर ६६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । 

जीवन बिमा कोषको आकार भने ३२.७८% ले बढेर १४ अर्ब रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १८.६८% ले बढेर ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

हाल सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्स मर्जर प्रक्रियामा रहेका छन् । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ । 

 

 

No comment yet. Be the first one to comment.