ङादी ग्रुप पावर कम्पनीको नाफा घट्यो

ङादी ग्रुप पावर कम्पनीको नाफा घट्यो

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको नाफा ३५.१८% ले घटेर ७ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ७४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ८ करोड ८३ लाख रुपैयाँबाट बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा विद्युत बिक्री आम्दानी ४४.४५ प्रतिशतले वृद्धि भएको छ ।

अन्य सञ्चालन आम्दानीमा कमी आएपछि खुद नाफा प्रभावित भएको देखिन्छ । अन्य सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपैयाँबाट घटेर असार मसान्तसम्ममा ८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, कम्पनीको प्रशासनिक खर्चमा पनि केही वृद्धि भएकाले पनि नाफामा प्रभाव परेको हो । यसको फाइनान्सियल कस्ट २ करोड १३ लाख रुपैयाँबाट बढेर असार सम्म ६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

ङादी ग्रुप पावरको सेयर पुँजी ७० करोड ६९ लाख रुपैयाँ र रिटेन अर्निङमा ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ७७ पैसा कायम भएको छ।  यसको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा छ ।

 

 

No comment yet. Be the first one to comment.