६२ वर्षको उमेरमा चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको निधन

६२ वर्षको उमेरमा चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको निधन

काठमाडौं । भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । भारतीय सेयर बजारमा ‘बिग बुल’ भनेर चिनिएका झुनझुनवाला पछिल्लो समय मृगौलासहित विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिए । 

सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए ।

उनलाई भारतका ‘वारेन बफेट’ पनि भन्ने गरिएको छ । झुनझुनवालालाई फलो गरेर लगानी गर्नेहरुको संख्या पनि प्रसस्तै रहेको छ । झुनझुनवालाको अनुमानित नेटवर्थ ५.८ अर्ब डलर रहेको छ । उनी भारतीय अर्बपतिहरुको सूचीमा ३६ औ स्थानमा रहेका थिए ।

 

No comment yet. Be the first one to comment.