माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्यु आर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्यु आर कोड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्धारा प्रर्वद्धित नेपाल पे क्यु.आर कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको हो । 

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक  औपचारिक कार्यक्रममा हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महा प्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो । नेपाल पे को  क्यु.आर सेवा सुरु भए संगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट माछापुच्छैे. बैंकको एम स्मार्ट एप मार्फत भुक्तानी गर्न सक्नेछन् । 

 

 

No comment yet. Be the first one to comment.