‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइको बिक्री २२ बाट विक्री खुल्ला हुने

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइको बिक्री २२ बाट विक्री खुल्ला हुने

काठमाडौं । ग्लोबल आइएमईको सब्सिडरी कम्पनी ग्लोबल आइएमइ क्याटिलको म्युचुअल फन्ड ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइ बिक्री असार २२ बाट विक्री खुल्ला हुने भएको छ।

यो म्युचुअल फन्डले १२ करोड इकाइ बिक्रीमा ल्याउने लागेको क्यापिटलले जनाएको छ ।   इकाइ बिक्री असार २२ बाट शुरु भएर छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ। 

उक्त इकाइमध्ये योजना व्यवस्थापक कम्पनीलाई १.५ प्रतिशत हुने १८ लाख कित्ता र कोष प्रवर्द्धकका लागि १३.५० प्रतिशतले हुने १ करोड ६२ लाख कित्ता छुट्याइएको छ। त्यसपछि बाँकी रहने १० करोड २० लाख कित्ता सर्वसाधरणलाई बिक्री गरिने फण्डले जनाएको छ।  

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रहेको यो फण्डको अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो।
 

 

 

No comment yet. Be the first one to comment.