वरुण हाइड्रोपावरले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोक्यो

वरुण हाइड्रोपावरले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोक्यो

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १००% हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

वरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

बोर्डले बरुणलाई १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।

अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । यसमा एनआईबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 

 

No comment yet. Be the first one to comment.