सिन्धु विकास बैंकले साउन ६ गते बोलायो एजीएम

सिन्धु विकास बैंकले साउन ६ गते बोलायो एजीएम

काठमाडौं । सिन्धु विकास बैंकले साउन ६ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको असार ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ । 

यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । सभा प्रयोजनको लागि बैंकले असार २७ गते बुक क्लोज गर्नेछ । यसर्थ, असार २६ गते सम्म कायम सेयर धनिले मात्र सभामा भाग लिन पाउनेछन्।

 

 

No comment yet. Be the first one to comment.