Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योगː उद्योगमन्त्री बडू
आर्थिक पाटी संवाददाता
२०७९-०३-९
बिचार / प्रतिक्रिया
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।
“खोजौं नेपाली, रोजौं नेपाली” भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साईट एमएसएमई डट कमको बिहीबार राजधानीमा आयोजित एक समारोहमा शुभारम्भ गर्दै उनले भने – “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन् ।”
यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा रहेको भन्दै उनले भने – “यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ ।”
लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै उद्योग मन्त्री बडूले भने– “इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाइहरुको यो प्रयासमा सरकारको साथ रहीरहनेछ ।”
मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउँदै उनले भने – “आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको छ ।”
लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । “हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन । फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन् ।” उनले भने ।
विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै उनले महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रवद्र्घन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको बताए ।
महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले भर्चुअल प्रर्दशनी र इकमर्श साईटको औचित्यमाथि प्रकाश पार्दै लघु, घरेलु तथा साना उद्योगहरु स्वभावैले ठूला बजारसम्म पुग्न नसकेको परिप्रेक्षमा यसबाट स्थानीयस्तरमा रहेका उत्पादनहरुको अन्तराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए ।
गाउँघर र दूरदराजमा रहेका उत्पादनलाई बजार प्रविधि पु¥याउन डिजीटल प्रविधि प्रयोग गर्ने सन्दर्भमा भर्चुअल प्रर्दशनी र इकमर्श साईटको प्राविधिक कार्य शुरु गरिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेशन अफ एक्स्पोर्ट एसोसियसन नेपालका अध्यक्ष पवन कुमार गोल्यानलगायतले सञ्चालित इकमर्श साइटको सफलताको लागि शुभकामना दिंदै सहकार्यका लागि पनि तयार रहेको बताएका थिए ।
इकमर्श साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ । इकमर्श साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिदबिक्री डेमोमा पाँच लाख रुपियाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
अब अनलाइनबाटै सूचना विभागका सम्पूर्ण सेवा
बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म दिइने
अब काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पासपोर्ट पाउन सकिने, जिल्लाबाट१५ दिनमै
फर्म तथा कम्पनी नविकरण नगरेकाहरुलाई पाँच प्रतिशत बुझाए सबै जरिवाना माफी
ताजा अपडेट
अब अनलाइनबाटै सूचना विभागका सम्पूर्ण सेवा
बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म दिइने
भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक
विदेशमा रहेका नेपालीलाई एनआईबीएल एस क्यापिटलको सेयर तालिम
साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइको बिक्री २२ बाट विक्री खुल्ला हुने
वरुण हाइड्रोपावरले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोक्यो
अब काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पासपोर्ट पाउन सकिने, जिल्लाबाट१५ दिनमै
सिन्धु विकास बैंकले साउन ६ गते बोलायो एजीएम
लोकप्रिय
एलओडी बन्यो विश्वकै ५२ औं सर्वोत्कृष्ट क्लब
स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता
आज असार १५ अर्थात धान दिवस, , दही च्यूरा खाएर मनाइँदै
भन्सार एजेन्टमा छानिए ६६० जना
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू