Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
जुनलाई अन्तर–राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफ लिभिङ नेपाल
आर्थिक पाटी संवाददाता
२०७९-०३-७
बिचार / प्रतिक्रिया
काठमाडौं । आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ । र, यसै सिलसिला अन्तर्गत यो वर्ष आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाहरुका लागि पनि लागि योग कक्षाहरु सञ्चालन गर्दैछ ।
आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रहरूमा पनि योग महोत्सव आयोजना गर्दैछ जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समुहका मानिसहरू स्वतन्त्र रूपमा सहभागी हुन सक्छन् । असार १३ गते वसन्तपुर दरबार स्क्वायरबाट शुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका १०० भन्दा बढी व्यक्तिले योग गरेका थिए ।
यो योग श्रृङ्खला महादेवथान,मातातीर्थ, स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौँका अन्य विभिन्न स्थानहरुमा सञ्चालन गरिएको थियो । सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरू, कराते अभ्यासकर्ताहरू, गृहिणीहरू लगायत विभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्व झल्काउनको लागि मानिसहरु सहभागी हुँदै आएका छन् । त्यसैगरी आर्ट अफ लिभिङ नेपालले आर्मी र सशस्त्र प्रहरी बलका लागि पनि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ ।