Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन तथा विक्री वितरण सुरू
आर्थिक पाटी संवाददाता
२०७९-०३-४
बिचार / प्रतिक्रिया
काठमाडौं । बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरू गरिएको छ ।
भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले विक्री वितरण सुरु गरेको हो ।
उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ ।
गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । स्वास्थ्य र आयु प्रत्याशामा प्रवद्र्धन प्रभावको कारण यो च्याउ प्राय मानव चिकित्सामा प्रयोग गरिदै आएको छ ।
यो च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्यावमा उत्पादन गरी विक्री वितरणमा ल्याएको उद्योगका अध्यक्ष केशब बहादुर कार्कीले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाईन्छ । यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ ।
यसमा पोलीसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरु पनि पाइन्छ । यी तत्वहरुले गर्दा हाम्रो शरीरमा रेसिस्टान्स बढाउछ र रोग प्रतिरोधि क्षमता बलियो हुन्छ । त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोगहरु लागेका विरामीहरुलाई पनि फाइदा हुने गर्दछ । औषधीय र पौष्टीक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ ।
यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम मानिन्छ । यस रातो च्याउको महत्वपूर्ण तत्वहरुबाट नै यो सम्भव भएको हो ।
उक्त उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरिद क्षमता हेरि १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
यो रातो च्याउ उत्पादक भैरब च्याउ उद्योगले पाँच बर्षअघिदेखि सिताके च्याउ पनि व्यवसायिक उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । सिताके च्याउ मानव स्वास्थ्यका लागि निक्कै लाभदायक परिवर्तनहरु गर्न सकिने गुण भएको उद्योगले जानकारी दिएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बजार सम्बन्धित शीर्षकहरु
साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’
फोनपेले सञ्चालनमा ल्यायो ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू
स्टार्टअप वल्र्डकप नेपाल- २०२२ असार २२ गते हुने
ताजा अपडेट
अब अनलाइनबाटै सूचना विभागका सम्पूर्ण सेवा
बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म दिइने
भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक
विदेशमा रहेका नेपालीलाई एनआईबीएल एस क्यापिटलको सेयर तालिम
साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइको बिक्री २२ बाट विक्री खुल्ला हुने
वरुण हाइड्रोपावरले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोक्यो
अब काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पासपोर्ट पाउन सकिने, जिल्लाबाट१५ दिनमै
सिन्धु विकास बैंकले साउन ६ गते बोलायो एजीएम
लोकप्रिय
एलओडी बन्यो विश्वकै ५२ औं सर्वोत्कृष्ट क्लब
स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता
आज असार १५ अर्थात धान दिवस, , दही च्यूरा खाएर मनाइँदै
भन्सार एजेन्टमा छानिए ६६० जना
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू