सोल्टी होटल करिब ११ करोड नाफामा

सोल्टी होटल करिब ११ करोड नाफामा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल लिमिटेडले रू. १० करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म रू. १३ करोड ६६ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले नोक्सानी सुधार गर्दै खुद नाफा गर्न सफल भएको हो ।

कम्पनीको आम्दानी यस वर्ष करिब १४१ प्रतिशत बढेकाले नाफा गर्न सफल भएको हो । गत वर्ष रू. ३० करोड ८७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७४ करोड ३८ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च रकम भने गत वर्षभन्दा करिब ४१ प्रतिशत बढी रू. ६२ करोड ७१ लाख भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४ दशमलव १३ प्रतिशत बढेर रू. ६९ करोड ८२ लाखभन्दा बढी भएको छ । कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा ७ दशमलव ६१ प्रतिशत र कुल दायित्व २१ दशमलव ९४ प्रतिशत बढेको छ ।

कुल सम्पत्ति रू. २ अर्ब २८ करोडभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रू. ७४ करोड ३७ लाखभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १८ दशमलव २९ रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात १७८ दशमलव ४५ गुणा रहेको छ । 
 

 

 

No comment yet. Be the first one to comment.