Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई बससेवाको अफर, अनलाइनबाट टिकट बुकिङ्ग गर्नेलाई सुनको असर्फी
आर्थिक पाटी संवाददाता
२०७९-०१-२३
बिचार / प्रतिक्रिया
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै बससेवाले विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ्ग गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन् ।
बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत अनलाइन बस टिकट बुकिङ्ग गर्ने यात्रुमध्ये ३ जनालाई गोलाप्रथा मार्फत सुनको असर्फी प्रदान गरिनेछ । यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स् टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टीमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ ।
स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उदेश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पिआर खनालले बताए । उनले भने ‘निर्वाचनमा धेरै भन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ, यो समयमा धेरै मतदाता गाउँ फर्कनुहुन्छ, उहाँहरुलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उदेश्यले यस किसिमको योजना ल्याइएको हो ’।
पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ्ग गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
यातायात सम्बन्धित शीर्षकहरु
निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई बससेवाको अफर, अनलाइनबाट टिकट बुकिङ्ग गर्नेलाई सुनको असर्फी
एनएबी इन्जिनियरिङले जित्यो टिभिएसको बेस्ट डेब्यु डिलर अवार्ड
सुन्दर यातायातले देशका मूख्य शहरहरुमा विद्युतिय बस चलाउने
हिरो मोटोकर्पको तीन नयाँ उत्पादन सार्वजनिक
ताजा अपडेट
अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर
बालेनकाे केशवसँगकाे मतान्तर बढाउँदै ७७७१ पुग्याे
भरतपुरको मेयरमा रेनुको पुन: अग्रता
भक्तपुर नगरपालिकामा नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
सर्लाहीको रामनगरको मेयरमा २२ वर्षका युवक राजाबाबु यादव निर्वाचित
गायक राजु लामाले गरे सगरमाथा आरोहण
सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
दार्चुलाकाे मालिकार्जुनको अध्यक्षमा एमालेका धामी निर्वाचित
ओखलढुंगाको चिशंखुगढीको अध्यक्षमा माओवादी केन्द्रका शर्मा निर्वाचित
काठमाडौ महानगरमा बालेन अघिअघि, सुनिता पछिपछि
लोकप्रिय
जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत्
बाबुराम भट्टराईलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण
२ बजेसम्म ४१ प्रतिशत मतदान
स्थानीय निर्वाचनका सम्बन्धमा उद्योग वाणिज्य महासंघको अनुरोध
रौतहटमा स्थानीयले मतपेटिका लुटे