सर्वोत्तम सिमेन्टको साताव्यापी मनोरञ्जनात्मक कार्यक्रम

सर्वोत्तम सिमेन्टको साताव्यापी मनोरञ्जनात्मक कार्यक्रम

काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा मनोरञ्जनात्मक कार्यक्रम कार्यक्रम गरेको छ । कलाकार सन्दिप छेत्रीलाई साथमा लिएर कम्पनीले आफ्ना उत्पादनका विक्रेताहरुलाई सहयात्री स्वरुप विभिन्न उपहारहरु वितरण कार्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम ‘एमआर ह्याप्पी टुर २०७९’ को देशव्यापी रुपमा सञ्चालन गरेको हो।  
              
आफ्नै खानीको चुनढुंगा प्रयोग गर्दै प्राकृतिक वातावरणमा विशेष ध्यान पु¥याउँदै  कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको छ । यस्तै कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाखौँका लागि रोजगारी सृजना समेत गर्दै आएको छ । सिमेन्टको उत्पादन तथा प्रयोग आम नेपालीले बुझ्न जरुरी रहेको यथार्थलाई मध्ये नजर गर्दै कम्पनीले सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा मनोरञ्जनात्मक कार्यक्रम पनि सँगसँगै गरेको हो ।  


जसअनुसार वैशाख ३ गते पोखराको चिप्लेढुंगाबाट शुरु भएको कार्यक्रम भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तीर,  वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको वि पी चोक हुँदै शुक्रबार साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्रांगनमा सञ्चालन हुँदै सम्पन्न हुनेछ ।

स्थानिय एफ एम रेडियोहरु माछापुच्छ्र्रे एफ एम (पोखरा), टिनाउ एफ एम (बुटवल), रेिडयो सन्देश (परासी), सिनर्जी एफ एम (नारायणगढ), रेडियो बिन्दास (वीरगञ्ज), रेडियो रौतहट(गौर) र रेडियो मिथिला (जनकपुर) अफिशियल मिडिया रहेको कार्यक्रम लाई सम्पूर्ण एफ एमका साथै आ आफ्ना वेभ साइट तथा फेसबूक मार्फत प्रत्यक्ष प्रसारण गरेर कार्यक्रमको पहुँचलाई विश्वव्यापी रुप दिने कार्य समेत भएको कम्पनीले जनाएको छ।   

 

 

No comment yet. Be the first one to comment.