Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
घर धनीले पाइप सम्बन्धि जान्नुपर्ने कुरा
आर्थिक पाटी संवाददाता
२०७८-०९-२
बिचार / प्रतिक्रिया
हरेक मानिसलाई सानै भए पनि आफ्नै घरमा बसौँ भन्ने सोच हुन्छ । तर घर बनाउने प्रकृया दिन प्रतिदिन झन्झटिलो र खर्चिलो हुँदै गइरहेको छ । प्राय मानिसको हकमा घर भनेको जिन्दगीभरीको कमाइ हो । त्यसैले घर बनाउँदा धेरै कुरामा विचार पुर्याउनुपर्छ । त्यस्तै विचार पुर्याउनुपर्ने एउटा विषय सहि पाइपको छनोट पनि हो । सही पाइपको छनोट गर्नु एउटा मुख्य चुनौती हो, जसले तपाईंको घरको पिउने, खाना पकाउने र सफाईमा प्रयोग हुने पानीलाई प्रभावित गर्दछ । घर बनाउँदा तपाईँले छनोट गर्नुभएको पाइपले तपाईं र तपाईंकोे परिवारलाई धेरै नै असर पार्न सक्छ । त्यसैले पाइप छनोट गर्नको लागि प्लम्बरमा मात्र भर पर्नु राम्रो होइन ।
राम्रो गुणस्तरको पाइप छनोट नगर्दा समस्याहरु देखा पर्छन् । पाइपको चयन गर्दा चाप र तापक्रमलाई सहन सक्ने क्षमता भएका पाइपको प्रयोग गर्नुपर्छ । कहाँ र कस्तो अवस्थामा कुन पाइपको जडान गर्नुपर्छ भन्ने कुरा घर धनीलाई ज्ञान भएको राम्रो हो । पाइप सम्बन्धि आउने प्लम्बिंगका समस्याहरु दिनहुँ आइपर्दैनन तर पनि बेलैमा हामीले ध्यान पुर्याएनौँ भने यसले निकै ठूलो खर्च निम्त्याउन पनि सक्छ । त्यसैले पाइपको बारेमा जानकारी राख्नु सबैको लागि निकै महत्वपूर्ण हुन्छ ।
हरेक कम्पनीको पाइपहरुमा केहि न केहि समस्या आउनु स्वाभाविक हो तर समयमै ती समस्याहरु निराकरण गरियो भने ती पाइपहरुको पूर्ण उपयोग गर्न सकिन्छ । हेलचक्र्याइँ गरियो भने पछि पाइपिङमा समस्या आउँदा फेरी सबै तोडफोड गरेर मर्मत गर्नुपर्ने हुन्छ । पाइपहरुको विभिन्न प्रकार र तिनीहरुको विशेषता अनुसार पाइपलाई प्रयोग गरियो भने यी समस्याहरु आफैँ निकै कम भएर जान्छन् । उदाहरणको लागि खानेपानी प्रयोजनको लागि किचन र बाथरुममा CPVC पाइप प्रयोग गर्न उचित हुन्छ । तर सोहि पाइपलाई ढल निकासका लागि प्रयोग गर्यौ
भने त्यसले राम्रो नतिजा दिँदैन र फेरि पाइप परिवर्तन गर्नुपर्ने हुन्छ ।
नेपालमा एउटा राम्रो घर बनाउनको लागि नेपाली बजारमा सजिलै उपलब्ध हुने, चाप धान्न सक्ने, बलियो, टिकाउ पाइपको छनोट गर्नुपर्छ । पाइप के कत्तिको राम्रो छन् भन्ने कुरा पाइपमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग हुने प्रबिधि र आधिकारिक गुणस्तर चिन्ह प्राप्त गरेको छ वा छैन भन्ने कुराबाट थाहा हुन्छ । नेपाली घरहरुमा सबैभन्दा बढी आउने सामान्य समस्या भनेको चुहावट हो, जुन प्लम्बिंगको डिजाइन नमिलेर, फिटिङ्स राम्रोसँग नजोडेर, कम गुणस्तरको पाइप प्रयोग गर्नाले वा पाइपमा काँटी जस्तो धारिलो चिजले हानी पुर्याएमा निम्तिने गर्दछ । चुहावटले घरको आयु घटाउनुको साथै भित्ताबाट पानी चुहिने, भित्ता बिग्रिने, ढल्ने जस्ता समस्या पनि निम्त्याउँछ ।
यस्ता समस्याहरु आउन नदिन घर बनाउनु अगाडि नै सम्भब भएसम्म स्यानिटरी इन्जिनियरलाई अथवा प्लम्बिङ्ग दक्षता हासिल गरेको अनुभवि प्लम्बरलाई बोलाएर प्लम्बिंगको नक्सा कोर्न लगाएर प्लम्बिङ्गको नक्सा तयार गर्न लगाउनुपर्छ । नक्सा तयार भइसकेपछि नक्सा अनुसार नै गुणस्तरीय पाइप छनोट गरेर प्लम्बिङ्ग गर्नुपर्छ र काम नसकिएसम्म काममा खटिएका प्लम्बरहरुकोे काम गर्ने तरिका र सीपको निरीक्षण गर्नुपर्छ । प्लम्बिङ्गकोे काम सकिएपछि अनिवार्य रुपमा प्रेसर टेस्टिङ् गर्नुपर्छ भने जथाभावि रुपमा भित्तामा काँटी ठोक्नुहुँदैन । यदि भित्तामा केहि ड्रिल गर्ने अथवा किला ठोक्ने काम परेमा पाइप नभएको ठाँउमा गर्नुपर्छ ।
विगत २५–३० वर्षदेखि प्लम्बिङ्ग क्षेत्रमा आबद्ध हुनुभएका प्लम्बर बाबुराजा महर्जन आफैँ एक दक्ष र अनुभवि प्लम्बर मात्र नभएर प्रशिक्षक पनि हुनुहुन्छ । आफुले वर्षौँ काम गरेर कमाएको अनुभव नयाँँ पुस्तामा बाँडिरहनुभएको वहाँँ भन्नुहुन्छ “घर धनीहरुले पाइप सम्बन्धि जान्नुपर्ने मुख्य कुराहरु भनेको राम्रो पाइपको छनोट गरिएन भने पाइपहरु फुट्ने र चुहिने हुनसक्छ । त्यसैले यस्ता समस्याहरु आउन नदिन पाइप छनोट गर्दा कन्ट्र्याक्टर र प्लम्बरहरुमा मात्र भर नपरी घर धनी आफैँ सचेत भएर पाइपबारे केही जानकारी राख्दा यस्ता समस्याबाट बच्न सकिन्छ ।”
उपरोक्त जानकारीहरु मंगलम् इन्डस्ट्रिजको तर्फबाट प्रदान गरिएको हो । उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थ र जर्मन प्रविधिबाट बनेको उत्पादन हुने मङ्गलम पाइप्स २०११ देखि बिभिन्न प्रकारका पाइपहरु उत्पादन गर्दै आइरहेको छ । नेपाल गुणस्तर तथा अन्तरास्ट्रिय ISI गुणस्तर मान्यता प्राप्त मंगलम् इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो CPVC पाइप र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता हो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
स्वास्थ्य / जीवनशैली सम्बन्धित शीर्षकहरु
आज महाशिवरात्रि पर्व मनाइदैं, पशुपतिमा दर्शनार्थीको घुइँचो
आज सरस्वतीको पूजा गरेर श्रीपञ्चमी मनाइँदै
माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ
घर धनीले पाइप सम्बन्धि जान्नुपर्ने कुरा
ताजा अपडेट
अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर
बालेनकाे केशवसँगकाे मतान्तर बढाउँदै ७७७१ पुग्याे
भरतपुरको मेयरमा रेनुको पुन: अग्रता
भक्तपुर नगरपालिकामा नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
सर्लाहीको रामनगरको मेयरमा २२ वर्षका युवक राजाबाबु यादव निर्वाचित
गायक राजु लामाले गरे सगरमाथा आरोहण
सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
दार्चुलाकाे मालिकार्जुनको अध्यक्षमा एमालेका धामी निर्वाचित
ओखलढुंगाको चिशंखुगढीको अध्यक्षमा माओवादी केन्द्रका शर्मा निर्वाचित
काठमाडौ महानगरमा बालेन अघिअघि, सुनिता पछिपछि
लोकप्रिय
जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत्
बाबुराम भट्टराईलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण
२ बजेसम्म ४१ प्रतिशत मतदान
स्थानीय निर्वाचनका सम्बन्धमा उद्योग वाणिज्य महासंघको अनुरोध
रौतहटमा स्थानीयले मतपेटिका लुटे