सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 
 
चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे । यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरेका थिए । 
 
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
 
सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् । 
 
No comment yet. Be the first one to comment.