सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ ।  जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । 

यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ । बैंकले सातै प्रदेश र  ७७ वटै जिल्लाबाट २५५ शाखासहित २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । 

 

No comment yet. Be the first one to comment.