जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

काठमाडौँ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै शोरूम स्थापना गरेको हो । 

एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल वीरगन्जमा ल्याउँदा खुसी लागेको बताए । 

 

 

No comment yet. Be the first one to comment.