आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले सोही दिनदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालय बनेपामा आयोजित एक कार्यक्रममा संचालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गर्नुभएको छ र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एनआईसि एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एनआईसि एसिया बैंकको सहायक कम्पनी एनआईसि एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही काम गरेको अनुभव छ ।

हाल संस्थाले ७ प्रदेशको ५२ जिल्लाका १ सय ३७ वटा शाखा कार्यालयमार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार ऋणीमार्फत ४ अर्ब ७८ करोड कर्जा लगानी र १ अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ ।

 

 

No comment yet. Be the first one to comment.