महासंघका अध्यक्ष गोल्छा र आइएलओका निर्देशक हवार्डबीच भेटवार्ता

महासंघका अध्यक्ष गोल्छा र आइएलओका निर्देशक हवार्डबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज महासंघको सचिवालयमा भेटवार्ता गरेका छन्। 

भेटका अवसरमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भएको छ। 

श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा छलफल भएको हो। 

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद व्यक्त गरे। साथै महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको बताए। 

उनले सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसँग छलफल गर्न तयार रहेकोसमेत जानकारी दिए। 

 

No comment yet. Be the first one to comment.