अरुण भ्याली हाइड्रोपावरको लाभांश आजसम्म शेयर खरिद गर्नेले पाउने

अरुण भ्याली हाइड्रोपावरको लाभांश आजसम्म शेयर खरिद गर्नेले पाउने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ११ गते बुकक्लोज गर्दैछ ।
 
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
 
कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते चौबीसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा कम्पनीको सभाकक्षमा भर्चुअल जुम एपबाट बिहान ११ बजे शुरु हुनेछ ।
 
सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 
No comment yet. Be the first one to comment.