टोकियोमा ३२औं गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन

टोकियोमा ३२औं गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन

काठमाडौं । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो ।