ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा शाओमी

ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा शाओमी

काठमाडौं ।  क्यानालिस, लिडिंग ग्लोबल मार्केट रिसर्च फार्मले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्बजनिक गरेको छ जसमा शओमीले १७ प्रतिशत शेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको छ ।

क्यानालिसले भने- शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहकोे छ । 

क्यानालिसले टिप्पणी गरे - शाओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो विक्रेता बन्नबाट पछि पार्नु होे ।

शाओमीका संस्थापक, अध्यक्ष र मुख्य कार्यकारी अधिकृत लेई जुनले सबै कर्मचारीहरूलाई लेखेको पत्रमा औंलाउदै भने कि विश्वको नं .२ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन हो ।

अत्यन्त कठिन परिस्थितिहरूमा पाँच वर्षको सेल्फ इम्प्रुभमेन्ट पछि, शाओमीको उत्पादन क्षमताहरूमा उल्लेखनीय सुधार देखिएको छ – उनीहरूले प्रीमियम मार्केट सेक्टरको लागि सही मार्ग निर्देशन देखाएका छन् र यसको मार्केट शेयरलाई बढाइरहेका छन् । शियाओमीले निरन्तर यसको मुख्य क्षमताहरू बलियो बनाउनेछ र दोस्रो स्थानको स्मार्टफोन ब्रान्डको रूपमा यसको अग्रतालाई कायम गर्नेछ ।