पाँच दिनभित्र भेरी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने

पाँच दिनभित्र भेरी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने
काठमाडौं । कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।
 
भारतबाट ल्याइएको लिक्विड अक्सिजन अस्पतालमा ठड्याइएको ट्यांकरमा खनाउने काम भइसकेको उनले बताए । प्लान्टमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिने क्षमता रहेको उनले बताए । प्लान्टमा पाइपलाइन जडान गरी सेन्ट्रल पाइपलाइनबाट अस्पतालको बेड–बेडमा अक्सिजन सप्लाई गर्न भने कम्तीमा पनि पाँच दिन लाग्ने उनले बताए ।
 
‘प्लान्टमा एक पटक लिक्विड अक्सिजन भर्दा २१०० सिलिण्डर अक्सिजन उत्पादन हुँदो रहेछ,’ उनले भने, ‘अहिले दैनिक ४०० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । यही चाप रहीरहे प्लान्टबाट सप्लाइ हुने अक्सिजन बढीमा पाँच दिन पुग्न सक्छ ।’
 
अक्सिजन प्लान्ट स्थापना गर्न झण्डै ७१ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
 
 
No comment yet. Be the first one to comment.