देशभर १ लाख ७ हजार बढी होम आइसोलेसन र १५९० संक्रमित आईसीयूमा

देशभर १ लाख ७ हजार बढी होम आइसोलेसन र १५९० संक्रमित आईसीयूमा
काठमाडौं । देशभर कोरोना संक्रमित बढेसँगै उपचारको उचित प्रबन्धमा हाहाकार भएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमै रहे पनि देशभरका कोभिड अस्पतालमा बेड पाउन समस्या भएको गुनासो चौतर्फी सुनिँदै आएको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको अध्यावधिक विवरणअनुसार ७ हजार ४४७ जना संक्रमित मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । जसमध्ये १ हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटरमा रहेका छन् । 
 
त्यसबाहेकका ठूलो संख्या अर्थात होम आइसोलेशनमा बस्नेको संख्या १ लाख ७ हजार बढी रहेको छ । मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार १ लाख ७ हजार ८२ जना होम आइसोलेशनमा रहेका हुन् ।  मन्त्रालयका अनुसार प्रदेश १ मा १० हजार ५२२, प्रदेश २ मा ६ हजार ६६९, बागमतीमा ४७ हजार ८४४, गण्डकीमा ८ हजार २२०, लुम्बिनीमा २२ हजार ९२, कर्णालीमा ४ हजार ७२२ र सुदूरपश्चिममा ७ हजार १३ संक्रमित होम आइसोलेशनमा रहेका छन् । 
 
यस्तै संस्थागत आइसोलेशनमा बस्नेमध्ये प्रदेश १ मा ८५३, प्रदेश २ मा ६८७, बागमतीमा २ हजार ४६८, गण्डकीमा २६०, लुम्बिनीमा १ हजार २४२, कर्णालीमा ४३० र सुदूरपश्चिममा १ हजार ५०७ जना रहेका छन् । उपत्यकामा २२८ आइसोलेशन बेड गरिएका छन् ।
 
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।
 
No comment yet. Be the first one to comment.