एकै दिन कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु

एकै दिन कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । 

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।


 

No comment yet. Be the first one to comment.