ब्रोकर नं. ३५ ले शेयर बिक्री गरेकै दिन रकम उपलब्ध गराउने

ब्रोकर नं. ३५ ले शेयर बिक्री गरेकै दिन रकम उपलब्ध गराउने

काठमाडौं । ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालिले लकडाउन अवधिभर समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ । कम्पनीले आइतवार आफ्नो फेसबुक मार्फत आफ्नो ग्राहकहरुलाई लकडाउनका विच घरखर्च र अस्पतालको लागि रकम आवश्यक परेको जानकारी गराएमा शेयर विक्री गरेको दिनमै २ लाखसम्म रुपैयाँ रकम उपलब्ध गराउने जानकारी दिएको हो ।

बैशाख १६ गतेदेखिनै अनलाईन कारोबार गर्न आग्रह गर्दै आएको यस कम्पनीले अनलाईन मार्फत रकम भुक्तानी गर्दा स्पष्ट जानकारी गराउन समेत आग्रह गरेको छ । कम्पनीले शेयर खरिद बापतको रकम बैंक खाता वा अनलाईन मार्फत भुक्तानी गरिसकेपछि त्यसको विवरण इमेलमार्फत पठाउन पनि आग्रह गरेको छ । 

कम्पनीले आफ्नो इमेल ठेगाना account@kohinoorinvestment.com मा रकम भुक्तानीको विवरण पठाउन आग्रह गरेको हो । उपत्यकामा जारी लकडाउनका विच पनि शेयर बजार सञ्चालन भैरहेकाले कोहिनुर सेक्युरिटिजले पनि सिमित कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको छ । 

 

 

No comment yet. Be the first one to comment.