एनआईबीएल समृद्धि फन्ड–२ को पहिलो दिन मै ५४% इकाई बिक्री

एनआईबीएल समृद्धि फन्ड–२ को पहिलो दिन मै ५४% इकाई बिक्री

काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फन्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदको लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन परिसकेको क्यापिटलले जनाएको छ । 

क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फन्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन वैशाख १६ गतेसम्म दिन सकिने क्यापिटलले जनाएको छ । 

 

 

No comment yet. Be the first one to comment.