आरएमडिसी लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार, प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ २७ पैसा

आरएमडिसी लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार, प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ २७ पैसा
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरुमा सामान्य सुधार भएको देखिन्छ । 
 
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.५८ प्रतिशत बढी हो ।
 
खुद ब्याज आम्दानी बढेसँगै अन्य आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो ।
 
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.९८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ५.१५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १५.३१ प्रतिशत बढेको छ ।
 
गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको जगेडा कोष सो अवधिमा १०.०८ प्रतिशत बढेको छ ।
 
समीक्षा अवधिमा लघुवित्तको सापटी ९.४५ प्रतिशत र कर्जा २७.७७ प्रतिशत बढेको छ ।
 
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २ पैसा बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ २७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ४६.४३ गुणा रहेको छ ।
 
No comment yet. Be the first one to comment.