अर्बन स्पेसले युरोपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्राउँदै

अर्बन स्पेसले युरोपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्राउँदै
काठमाडौँ । विश्वस्तरीय शहरी–बसोबास “अर्बन स्पेस”को उद्घाटन अप्रिल २४, २०२१ मा ललितपुरको सातदोबाटोमा भयो । कार्यव्रmमको उद्घाटन मिस नेपाल २०१८– श्रृंखला खतिवडा र “अर्बन स्पेस”का संस्थापक बिपिन गैरैले गरे ।
 
अर्बन स्पेसका संस्थापक बिपिन गैरेले भने , “हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ। यो एक रिभोलुसनरी आइडिया हो जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ । यो परियोजना नेपालमा एक नौलो सुरुवात हो। हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गर्दैछौँ र यो परियोजना सम्पूर्ण नेपालमा विस्तार गर्ने योजना बनाएका छौं ।”