विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न

विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
 
साधारण सभामा विद्यमान कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै भौतिक तथा अभौतिक रुपमा सदस्यहरुको सहभागी थियो ।
 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाले, संघीयताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशिकरण सुनिश्चितता सहित सर्वसम्मत्त रुपमा विधान संशोधन पारितसमेत गरेको छ ।
 
कार्यक्रममा मन्त्री श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाएका थिए ।
 
कार्यक्रममा नेपाल राष्ट्र बैंक सीए प्रोफेसनबाट पहिलो गर्भनर सीए महाप्रसाद अधिकारी र ५० वर्र्षभन्दा बढी चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पु–याएबापत सीए टिआर उपाध्यायलाई सम्मान गरएको थियो ।
 
राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सीए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सीएहरुको योगदान अतुलनीय रहने बताए ।
 
कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए ।
 
आनन्द शर्माले अध्यक्षता गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सिभिरा लामा रुइत, र बन्दसत्रको सञ्चालन तेजप्रसाद सुवेदीले गरेका थिए भने रमेश धितालले सम्पूर्ण सहभागी सदस्यलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।
No comment yet. Be the first one to comment.