४९२ जनाले लिए हिमाल आरोहण अनुमति

४९२ जनाले लिए हिमाल आरोहण अनुमति
काठमाडौं । नेपालमा वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या ४९२ पुगेको छ । 
 
पर्यटन विभागका अनुसार यसमध्ये सबैभन्दा बढी सगरमाथाका लागि अनुमति जारी भएको छ । सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिइसकेका छन् । यो संख्या मंगलबारसम्मको हो । सन् २०१९ यता पहिलो पटक आरोहणमा उत्साहजनक रुपमा आरोही देखिएका छन् । सन् २०२० को आरोहण सिजन भने कोरोना महामारीका कारण रद्द भएको थियो । सगरमाथापछि ल्होत्से, अन्नपूर्ण र धौलागिरिमा बढी आरोही जानेछन् ।
 
तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति लिएका छन् । अन्नपूर्णमा ४४ र धौलागिरि आरोहण गर्न ३० जनाले अनुमति लिएका छन् । अमादब्लममा भने २ समूहका २७ जना आरोही जाने छन् । मनास्लुमा एक जनाले अनुमति लिएका छन् । 
 
मकालुमा एक समूहका ८ जना जाने छन् । नुप्त्सेमा ३ समूहका २३ जनाले आरोहण अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । पुमरीमा ५ जना, टुकुचेमा १ जना र तिलिचोमा ८ जनाले अनुमति लिएका छन् ।
 
No comment yet. Be the first one to comment.