‘हामीले हालसालै सातवटा नयाँ ब्राण्डका मदिरा तथा बियर बजारमा ल्याएका छौं’

‘हामीले हालसालै सातवटा नयाँ ब्राण्डका मदिरा तथा बियर बजारमा ल्याएका छौं’
प्रवीरकुमार नाग
वरिष्ठ बजार प्रबन्धक, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज
 
२०६५ सालबाट जावलाखेल डिष्टिलरीमा काम गर्दै आएका प्रवीरकुमार नाग विगत ३० वर्षदेखि मदिरा उद्योगमा आवद्ध छन् ।  ३० वर्षे मदिरा उद्योगको जागिरे जीवनका दौरानमा उनले भारतको दोस्रो नम्बरमा पर्ने मदिरा कम्पनी शा−वालेसमा १० वर्ष काम गरिसकेका छन् । त्यस्तै, उनले बर्नन कार्ड, विप्रो (एफएमसीजी प्रोडक्ट), जेरोक्स, युनाइटेड स्मार्ट, पेर्नोडरिकारलगायतका कम्पनीमा पनि काम गरिसकेका छन् । उनले भारतको पूर्वमा बङ्गाल, बिहार, आसाम, आन्ध्र प्रदेश तथा पश्चिममा कोलकाता, मुम्बई, गोहा, दामनलगायत क्षेत्रमा गरी भारतको झण्डै आधा भागमा रहेर काम गरिसकेका छन् । भारतको बेङ्लोरमा जन्मेका उनले बीए, एलएलबीसम्मको डिग्री लिनुका साथै विभिन्न प्रकारका मार्केटिङ कोर्सहरूसमेत गरिसकेका छन् ।
उनले जागिर शुरू गरेकै वर्ष वर्ष रुस्लान भोड्काको २ हजार प्रतिशतले विक्री बढेको थियो । त्यो बेला गु्रपको करिब १५० करोड रुपैयाँको व्यवसाय थियो । अहिले त्यो बढेर २ हजार करोड रुपैयाँ पुगेको छ । साथै, यो ४ ओटा आईएसओप्राप्त नेपालको एक मात्र मदिरा कम्पनी पनि हो । प्रस्तुत छ, नेपालमा मदिरा उद्योगको वर्तमान अवस्था, समस्या, सम्भावनालगायत विषयमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका वरिष्ठ बजार प्रबन्धक प्रवीरकुमार नागसँग आर्थिक पाटीका मदन लामिछानेले गरेको कुराकानीको सम्पादित अंश :
 
अहिले मदिराको व्यावसायिक अवस्था कस्तो छ ?
गत आर्थिक वर्ष ९आव० मा देशमा चुनावको माहौल भएकाले मदिराको विक्री पनि बढेको थियो । तर, यस वर्ष सरकारले विकास बजेट खर्च गर्न सकिरहेको छैन । भौतिक पूर्वाधार निर्माणको कामले गति लियो भने पैसा बजारमा आउँछ । अनि मात्रै मदिरा व्यवसायले फस्टाउने मौका पाउँछ । आममानिसको आयस्तर नबढेसम्म मदिराको विक्री पनि राम्रोसँग बढ्न सक्दैन । यस वर्षको बजेट वक्तव्यमार्फत पनि सरकारले मदिरामा उच्च दरले अन्तःशुल्क बढाएको छ । बजेटबाट ५० यूपीसम्मका मदिरालाई बढी कर लगाइएको छ । ५० यूपीका एक केस मदिरामा यसअघि १ हजार २ सय ४४ रुपैयाँ अन्तशुल्क तिर्नुपर्नेमा अहिले बढेर ३ हजार २ सय रुपैयाँसम्म पुगेको छ । यसले गर्दा मदिराको मूल्य बढेको छ तर आमउपभोक्ताहरूको क्रयशक्ति भने बढ्न सकेको छैन । अहिले नेपालमा प्रतिवर्ष ४० यूपीभन्दा माथिको मदिरा १८ लाख केस विक्री भइरहेको छ । त्यस्तै २५ यूपीसम्मको ८ लाख केस र  ३० यूपीको १० लाख केस प्रतिवर्ष विक्री भइरहेको छ । 
 
 
नेपालको बियर बजारको अवस्थाचाहिँ कस्तो पाउनुभएको छ ?
नेपालमा वार्षिक १० अर्ब रुपैयाँबराबरको बियर विक्री भइरहेको छ । यहाँ प्रत्येक वर्ष १ करोड ५० लाख पेटी बियर विक्री हुन्छ । नेपालमा वार्षिक ३० देखि ४० प्रतिशतले बियरको बजार बढिरहेको छ । त्यसैले यो समयमा बजारमा स्थापित हुनका लागि राम्रो अवसर छ । नेपालमा बियरको उपभोग वृद्धिदर संसारकै सबैभन्दा बढी छ । भारतको भन्दा ५ सय प्रतिशतले बढी छ । नेपालको कुल बियर बजारको ५४ प्रतिशत बजारहिस्सा स्ट्रङ बियरले लिएको छ । अहिले स्ट्रङ बियरको बजार बढिरहेको छ । नेपालको तराई तथा पश्चिमी क्षेत्रमा स्ट्रङ बियरको खपत बढी हुन्छ । अहिले ४० हजार पसलले नेपालमा बियर विक्री गरिरहेका छन् । प्रिमियम आउट लेट काठमाडौंमा मात्रै १ सय ओटा रहेका छन् । यसै बजारलाई दृष्टिगत गरेर हामीले जर्मन ब्राण्ड भार्स्टाइनरको नेपालमै उत्पादन गरेर विक्री शुरू गरेका हौं । 
 
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गत उत्पादन हुने मदिराका बारेमा जानकारी दिनुहोस् न ?
हामीले भार्स्टाइनर, नमस्ते र रकस्टार गरी तीनवटा ब्राण्डमा बियरको उत्पादन गरिरहेका छौं । त्यस्तै, मास्टर सेलेक्शन र रोयल ट्रेजर ब्राण्डमा ह्विस्की बजारमा ल्याएका छौं । त्यस्तै, भोड्कामा रुस्लान, ब्लू डायमण्ड, गोल्डेन योक र ब्ल्याक योकको उत्पादन हुन्छ । साथै, हामीले ग्राण्ड मास्टर ब्राण्डमा रम, हिमालयन ब्राण्डी र अल्टिमेट  ब्राण्डको जीन उत्पादन तथा विक्री गर्छौं  । हामीले भारतीय मदिरा अफियर्स च्वाइस उत्पादन गरिरहेका छौं । यसको बजार व्यवस्थापन भने भारतीय कम्पनी आफैंले नै गरिरहेको छ ।
४० यूपीको मदिरा २० हजारदेखि ३५ हजार रुपैयाँ आम्दानी गर्ने मानिसहरूले बढी खरिद गर्छन् । रुस्लान, रोयल ट्रेजर, गोल्डेन योक भोड्का २५ हजार रुपैयाँभन्दा माथि आम्दानी गर्नेले पिउने गरेको पाएका छौं । रुस्लान भोड्का कम आम्दानी गर्नेले पनि पिउने गरेको पाएका छौं । हामीहरूले कम आम्दानी गर्नेदेखि उच्च आम्दानी गर्नेसम्मलाई लक्षित गरेर आफ्ना उत्पादनहरू बजारमा ल्याएका छौं ।
तपाईंहरूको उत्पादनका विशेषता के के हुन् ?
जावलाखेल डिष्टिलरी नेपालमा ४ ओटा आईएसओ पाउने नेपालको एक मात्र मदिरा कम्पनी  हो । गु्रपअन्तर्गतका हिमालयन, एशियन, राज ब्रुअरी र विजय डिष्टिलरी गरी चारओटै कम्पनीले आईएसओ पाएका छन् । त्यस्तै हामीले उत्पादन गरी प्रयोग गर्ने स्पिरिट एकदमै उच्च गुणस्तरको छ । हामीहरू उपभोक्ताको चाहनाअनुसारका उत्पादन बजारमा ल्याउन प्रतिवद्ध छौं । साथै, जावलाखेल ग्रुप उपभोक्तामाझ गुणस्तरीय उत्पादन पुर्याउन लागिपरेको छ । 
 
तपाईंहरूका लक्षित उपभोक्ताहरू को को हुन् ?
हामीले रुस्लान र गोल्डेन योकलाई २४ देखि ४० वर्ष उमेर समूहकालाई लक्षित गरेर उत्पादन गरेका हौं । त्यस्तै, ब्लू डाइमण्डलाई २८ देखि ५० वर्ष उमेर समूहका ग्राहकहरूलाई लक्षित गरेका छौं । मास्टर सेलेक्शन ३० देखि ३५ वर्ष, रोयल ट्रेजरका लागि २८ देखि ४५ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ । भास्र्टाइनर बियर मिश्रित वयष्क पुरुष तथा आर्थिक रूपमा सम्पन्न युवा र मिडिलएज समूहहरू हाम्रा ग्राहक हुन् । नमस्ते बियर २२ देखि ३० वर्ष उमेर समूहका मानिसहरूले बढी खोज्ने हाम्रो अपेक्षा छ । 
 
आम्दानीका आधारमा मदिरा उपभोगको ट्रेड कस्तो पाउनुभएको छ ?
४० यूपीको मदिरा २० हजारदेखि ३५ हजार रुपैयाँ आम्दानी गर्ने मानिसहरूले बढी खरिद गर्छन् । रुस्लान, रोयल ट्रेजर, गोल्डेन योक भोड्का २५ हजार रुपैयाँभन्दा माथि आम्दानी गर्नेले पिउने गरेको पाएका छौं । रुस्लान भोड्का कम आम्दानी गर्नेले पनि पिउने गरेको पाएका छौं । हामीहरूले कम आम्दानी गर्नेदेखि उच्च आम्दानी गर्नेसम्मलाई लक्षित गरेर आफ्ना उत्पादनहरू बजारमा ल्याएका छौं । घरमा लगेर खानेहरू १५|१६ हजार रुपैयाँ कमाउनेदेखि माथिका छन् । नेपालमा सबै मानिहरूको आफ्नो जमिन छ । त्यसैले थोरै आम्दानी गर्नेहरूले पनि मदिरामा खर्च गर्न सक्छन् । २० हजारसम्म कमाउनेले गोल्डेन योक दिनकै पिउन सक्दैनन् । सीमित पैसाका कारण उनीहरूले हप्तामा एक पटकजस्तो पिउन सक्छन् । तर, विवाहित २५|२६ वर्षभन्दा माथिका पुरुष जसले २५ हजारभन्दा धेरै कमाउँछन्, उनीहरूले हप्तामा २|३ पटक पनि पिउन सक्छन् । ४० यूपीको मदिरा पिउने मानिसहरूकै जस्तो आम्दानी गर्नेले बियर पिउने गर्छन् ।
 
मदिरा उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन कसरी गर्नुभएको छ ?
मदिरा उत्पादनका लागि धेरैजसो कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । हाम्रो कम्पनीमा कच्चा पदार्थ खरिद गर्नका लागि छुट्टै डिपार्टमेण्ट छ । हाम्रो कच्चा पदार्थ आयातको प्रक्रियाका लागि निश्चित नियमहरू छन् । हामीले कच्चा पदार्थका लागि प्रत्येक वर्ष पत्रिकाहरूमा बोलपत्र आह्वान गर्छौं । त्यसबाट छनोटमा परेको कम्पनीसँग मूल्य निर्धारण गरेर हामीले कच्चा पदार्थ खरीद गर्छौ । प्रत्येक कच्चा पदार्थका लागि हामीले २\३ वटा सल्लायर्स नियुक्त गरेका हुन्छौं । प्याकेजिङका सामग्रीहरू बोतल, क्याप, लेबल, कार्टुनका लागि पनि सल्लायर्सहरू नियुक्त गरिएका छन् । हामीले पहिले २\३ महिनाको विक्रीको योजना बनाएर त्योभन्दा केही बढीलाई पुग्ने गरी कच्चा पदार्थको आयात गर्छौं । हामीले उत्पादनलाई पनि दृष्टिगत गरेर कति कच्चा पदार्थ स्टक राख्ने भन्ने योजना बनाउँछौं । धेरै स्टक राख्दा त्यसमा पैसा धेरै फस्छ । 
कार्टुन, लेबल, स्प्रीट बनाउनका लागि चामललगायतका कच्चा पदार्थ नेपालकै प्रयोग हुन्छ । नेपालमा उत्पादन कम हुँदा चामल भारतबाट पनि आयात हुन्छ ।  फ्लेवर, स्कच, क्याप, बोतललगायतका सामाग्रीहरू आयात गर्छौं । हाम्रो प्रत्येक नन्भोड्का उत्पादनमा स्कच हुन्छ । स्कच स्कटल्याण्डबाट आयात गरिरहेका छौं । क्याप तथा  बोतल भारतबाट आउँछ । नेपालमा बोतल बनाउने उद्योग छैन । 
 
५० यूपीको तुलनामा ४० यूपी मदिराको उत्पादन कम हुनुको कारण के हो ?
पक्कै पनि ५० यूपीभन्दा माथिको मदिरा पिउनेको सङ्ख्या बढी छ । नेपालमा ‘लोवर मिडिल क्लास’ समूहका मानिसहरूको सङ्ख्या धेरै छ ।  लोवर मिडिल क्लासका मानिसहरूको चाहना आम्दानी बढाएर कम यूपीको मदिरा पिउने भन्ने छ । तर, त्यसो हुन नसकेकाले उनीहरू त्यसमै बसिरहेका छन् । 
नेपालमा मानिहरूको आम्दानी बढिरहेको छैन । हाम्रो नेपाली संस्कृतिमा पिउने चलन छ । चाडपर्व तथा साथीभाइ, आफन्तहरू आउँदा पिउने चलन छ । घरमै पिउने चलन पनि छ । बाहिर रेष्टुरेण्टमा गएर पिउने चलनको पनि विकास भइरहेको छ । नेपालमा महिलाहरू पनि मदिरा पिउन स्वतन्त्र छन् । मापसे नियम लागू भएपछि मदिरा पिएर गाडी चलाउनेहरू एकदमै घटेका छन् । यो राम्रो कुरा हो । यसबाट धेरै युवाले ज्यान गुमाउनुपरेको छैन । साथै, रातिमा बाटो पनि सुरक्षित भएको छ । 
 
बजारमा सहजै उपलब्ध रहेका नक्कली मदिराले ब्राण्डेड मदिराको व्यापारमा कस्तो प्रभाव पारेको छ ?
नेपालमा नक्कली मदिराको बजार बढिरहेको छ । सरकार यसतर्फ चनाखो हुनुपर्छ । हाम्रो गोल्डेन योक र ब्लू डाइमण्ड ब्राण्डजस्तै ३०्र४० वटा ब्राण्ड नेपालमा छन् । हाम्रो बजारमा उपभोग भइसकेको मदिराको बोतल जम्मा पारेर हाम्रो जस्तै प्याकेजिङ गरी उस्तै लाग्ने नाम राखेर बजारमा ल्याइरहेका छन् । यसरी नक्कली मदिरा बेच्नेहरूले ५० यूपीभन्दा माथिको मदिरा त्यसमा राखेर बजारमा ल्याउने गरेका छन् । 
नक्कली मदिरा बेच्नेहरूले ट्रेडमार्क, लाइसेन्स लिएका हुँदैनन् । यसबाट उपभोक्ताहरू ठगिइरहेका छन् । सरकारले नक्कली मदिरा बेच्नेहरूलाई कारबाही गर्न सकिरहेको छैन । नक्कली  मदिराले कुल बजारको २० देखि २५ प्रतिशतसम्म बजार लिइरहेको अवस्था छ । यसलाई रोक्ने हो भने ब्राण्डेड मदिराको विक्री बढ्ने थियो । नेपालमा ब्राण्ड दर्ता गरेपछि त्यसको तुरुन्तै उत्पादन बजारमा आइहाल्छ । तर, विदेशमा ब्राण्ड दर्तापछि त्यो उत्पादनको परीक्षण गरेर ठीक भए मात्र बजारमा ल्याउन अनुमति दिइन्छ । सरकारले नक्कली मदिरा विक्री गर्नेहरूमाथि कडाइ गर्यो भने देशको राजस्व पनि बढ्छ । नक्कली मदिरा स्वास्थ्यका लागि हानिकारक हुनुका साथै यसबाट अकालमा ज्यान पनि जान सक्छ ।  
 
 
कुल खपतको कति प्रतिशत बजार नेपाली मदिराको रहेको छ ?
नेपालमा अहिले प्रिमियर सेगमेण्टको मदिरा मात्र आयात भइरहेको छ । अरू सेगमेण्टमा नेपाली मदिरा तथा बियरहरूले नै बजार लिएका छन् । त्यस्तै, अहिले ३ सयलेखि ४ सय रुपैयाँसम्मका नेपाली वाइनको खपत पनि बढिरहेको छ । नेपालको वाइन तथा मदिराको बजारको करिब ७ प्रतिशत हिस्सा आयातित उत्पादनले लिएको छ । इण्ट्री लेबल स्कचको अहिले विक्री घटेको छ । यसको मूल्य ३ हजार रुपैयाँ जति पर्छ । अहिले ५ देखि ६ हजार रुपैयाँ पर्ने स्कचको विक्री बढेको छ । मान्छेहरू प्रिमियम प्रोडक्टको उपभोगमा सौखिन बन्न थालेका छन् । 
सरकारले नक्कली मदिरा बेच्नेहरूलाई कारबाही गर्न सकिरहेको छैन । नक्कली  मदिराले कुल बजारको २० देखि २५ प्रतिशतसम्म बजार लिइरहेको अवस्था छ । यसलाई रोक्ने हो भने ब्राण्डेड मदिराको विक्री बढ्ने थियो । नेपालमा ब्राण्ड दर्ता गरेपछि त्यसको तुरुन्तै उत्पादन बजारमा आइहाल्छ । तर, विदेशमा ब्राण्ड दर्तापछि त्यो उत्पादनको परीक्षण गरेर ठीक भए मात्र बजारमा ल्याउन अनुमति दिइन्छ । सरकारले नक्कली मदिरा विक्री गर्नेहरूमाथि कडाइ गर्यो भने देशको राजस्व पनि बढ्छ ।
मदिराको उत्पादनमा के–कस्ता समस्या देखिएका छन् ?
सरकारले डिलक्श बियरको तुलनामा स्ट्रङ बियरको अन्तːशुल्क बढी राख्नु पथ्र्यो । किनभने यसमा अल्कोहलको मात्रा बढी हुन्छ । तर स्ट्रङ बियरको अन्तːशुल्क कम गरिएको छ । सरकारले ४० यूपीको मदिरामा भन्दा ५० यूपीका मदिरामा कम अन्तːशुल्क लगाएको छ । २५ यूपीको मदिरामा ४० यूपीको भन्दा बढी अन्तːशुल्क लगाइएको छ । सरकारले जसरी अन्तːशुल्क लगाएको छ, त्यसमा पुनर्विचार गरिनु आवश्यक छ । अहिले नेपालमा मदिराका उपभोक्ताहरू गुणस्तरप्रति सचेत भइरहेका छन् । सरकारले पनि नक्कली मदिरा व्यवसायलाई निरुत्साहित पार्न कडा अनुगमन गर्नुपर्छ । यसबाट सरकारी राजस्व पनि बढ्छ । 
नेपालमा होलसेल तथा रिटेल विक्रेताहरूको लाइसेन्स शुल्कमा धेरै फरक छैन । जसले गर्दा रिहोलसेलिङ भइरहेको छ । डिष्ट्रिब्युटरबाट होलसेलले खरीद गर्ने र होलसेलबाट रिटेल व्यवसायीहरूले खरिद गरेर आम उपभोक्ताहरूलाई विक्री गर्नुपर्ने हो । तर, अहिले एउटा होलसेलले अर्को होलसेललाई विक्री गरिरहेको अवस्था छ । त्यसैले यस्तो हुन नदिन होलसेल तथा रिटेल विक्रेताहरूको लाइसेन्स शुल्कमा अलि धेरै फरक गरिनुपर्छ । 
 
मदिरा उद्योगले भ्याट छलीको आरोप पनि खेप्दै आएका छन् । तपाईंको विचारमा यसलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सरकारले हरेक बिन्दुमा भ्याट नराखेर एकमुष्ट भ्याट लिने व्यवस्था गर्नुपर्छ । सरकारले डिष्ट्रिब्युटर, होलसेलर तथा रिटेलरबाट छुट्टाछुट्टै १३ प्रतिशत भ्याट लगाउने गरेको छ । सरकारले यी हरेक बिन्दुमा लगाउने भ्याटलाई जोडेर पहिलो बिन्दुमा भ्याट लिएमा सबै व्यवसायीहरूलाई सजिलो हुने थियो । उद्योगमै पूरै भ्याट सरकारले लिने व्यवस्था गरेमा डिष्ट्रिब्युटरदेखि तलका सबैले पेपर वर्क गर्नै पर्दैन । यो एकमुष्ट भ्याट स्वदेशमै उत्पादन हुने मदिराको सिधै उद्योगबाटै लिने व्यवस्था गरे राम्रो हुने थियो । त्यस्तै, आयातित मदिराको भन्सारमै यस्तो व्यवस्था गरिए भ्याट छली हुन पाउँदैन । उद्योग, डिष्ट्रिब्यूटर र होलसेलरसम्मले भ्याट बिलमा विक्री गरे पनि त्योभन्दा तल सादा बिलमा धेरै कारोबार भइरहेको छ । यसबाट सरकारले पूरै भ्याट पाउन सकिरहेको छैन । 
 
आगामी  दिनमा मदिरा व्यवसाय कसरी अगाडि बढ्ला ?
सरकारले विकासका लागि जति सक्यो, त्यति बढी खर्च गर्नुपर्छ । सरकारी खर्च बढेमा उपभोक्ताहरूको आम्दानी बढ्ने हुँदा मदिरा व्यवसाय पनि बढ्ने थियो । हामीहरूले बजार बढाउन आफ्नो तर्फबाट कोसिस त गरिरहेकै छौं । तर, यसमा एकदमै समस्या भइरहेको छ, किनभने उपभोक्ताहरूको अन्तिम चाहनामा मदिरा पर्छ । सरकारी राजस्वको ठूलो हिस्सा मदिरा, बियर तथा सिग्रेट उद्योगहरू नै हुन् । त्यसैले सरकारले मदिरा उद्योगको विकासका बारेमा सोच्नुपर्छ । तर, सरकारले यसतर्फ सोचिरहेको छैन । सरकारले उद्योगीहरूको लगानीको सुरक्षा दिन सकेको छैन । सरकारले प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्दा कर चुक्ताको विवरण पनि लिनुपर्छ । यसो गर्दा सरकारी कर छलेर काम गर्नेहरू निरूत्साहित हुन्छन् ।
 
सामाजिक उत्तरदायित्वअन्तर्गत के के काम गरिरहनुभएको छ ?
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सबैभन्दा धेरै रकम सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत यस जावलाखेल डिष्टिलरीले ७५ जना भूकम्पपीडितको घरसमेत बनाइदिएको छ । साथै, कम्पनीले भूकम्पका कारण क्षति भएका आफ्ना डिष्ट्रिब्युटरहरूका घरसमेत बनाइदिएको छ । 
 
तपाईंहरूको आगामी योजना के के छ ?
हामीले गतआवमा भन्दा यस आवमा १० देखि १५ प्रतिशत विक्री बढाउने गरी योजना बनाएका छौं । तर, हामीले गतवर्ष मात्रै बियरमा भार्स्टाइनर, नमस्ते र रकस्टार तथा मदिरामा ब्ल्याक योक, मास्टर सेलेक्शन, ग्राण्ड मास्टर रम र हिमालयन ब्राण्डी गरी सातवटा ब्राण्ड गतवर्ष मात्रै बजारमा ल्याएका छौं । त्यसैले भर्खरै बजारमा आएका ब्राण्डहरूको प्रचार प्रसार गरिरहेका छौं । 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय