सनराइज ब्लूचिप फन्डको १० करोड इकाई चैत १ देखि बिक्री खुला हुँदै

सनराइज ब्लूचिप फन्डको १० करोड इकाई चैत १ देखि बिक्री खुला हुँदै
काठमाडौं । सनराइज क्यापिटलले ‘सनराइज ब्लूचिप फन्ड’ को १० करोड इकाई चैत १ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ ।
 
सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ । सनराइज क्लूचिप फन्डमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
उक्त समयमा सबै इकाई बिक्री नभएमा भने चैत १६ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटल हो ।
 
सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो । हाल ‘सनराइज फस्र्ट म्युचुअल फन्ड’ सञ्चालनमा रहेको छ ।
 
No comment yet. Be the first one to comment.