Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
डिजीपेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
आर्थिक पाटी संवाददाता
२०७७-११-१९
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो ।
‘नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत पहल गर्नेछ,’ डिजी पे प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवकर पाण्डेले भने ।
नेपाल राष्ट्र बैंकबाट औपचारिक अनुमति प्राप्त गर्नुभन्दा अघि नै डिजी पे लोकप्रिय भइसकेको उनी बताउँछन् । उनका अनुसार हालसम्म गुगल प्लेस्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा अधिक डिजी पे डाउनलोड भइसकेको छ ।
विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरू, ब्युटीप्याजेन्ट आयोजकहरू, विभिन्न ब्रान्डका विक्रेता तथा ग्राहकमाझ लोकप्रिय भइसकेको उनी बताउँछन् ।
‘डिजी पेका माध्यमबाट वस्तु किनमेल (इकमर्स), फोन सेवा रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी मात्र होइन, आफ्नै नजिकको स्थानमा आधारित कार्यक्रमको आयोजना, त्यस्ता कार्यक्रममा संलग्नता र सहभागिता, डिजिटल भोटिङसहितका कार्य सम्पन्न गर्न सकिन्छ,’ पाण्डेले भने, ‘नेपालमा डिजिटल भोटिङ सेवा सुरु गर्ने डिजी पे पहिलो वालेट हो ।’
नेपाल राष्ट्र बैंकबाट औपचारिक रुपमा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेपछि अब डिजी पेले खाद्य तथा वस्तु किनमेल र त्यसको आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरिङलगायतका विशेषताहरु थप्ने उनले जानकारी दिए ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बैङ्क–वित्त / बीमा सम्बन्धित शीर्षकहरु
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
लक्ष्मी बैंकको नयाँ वर्ष अफरः 'अरेन्ज सेभिङ प्लस' खातामा आकर्षक सुविधा
कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा मिल्नेछ १०%सम्मको छुट
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा
ताजा अपडेट
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि
विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
लण्डन बियर प्रतियोगितामा नेपालको अर्ना बियरलाई रजत र काश्य पदक
सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
लोकप्रिय
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
शाओमीले नेपाली बजारमा ल्यायो एमआई टिभी स्टिक
४९२ जनाले लिए हिमाल आरोहण अनुमति
एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त