जगदम्बा सिमेन्टद्वारा निर्माण एक्सपर्ट्ससँग अन्तरक्रिया

जगदम्बा सिमेन्टद्वारा निर्माण एक्सपर्ट्ससँग अन्तरक्रिया

काठमाडौं । जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्माण एएक्सपर्ट्सहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै कार्यक्रम गरिएको कम्पनी जनाएको छ ।

‘हामीले हाम्रा संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पारे ।