सरकार र विप्लव समूहबिच एकै दिन दुई चरणको वार्ता, निष्कर्ष नजिक पुगेको सरकारको दाबी

सरकार र विप्लव समूहबिच एकै दिन दुई चरणको वार्ता, निष्कर्ष नजिक पुगेको सरकारको दाबी
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो । 
 
सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न  भएको बताए ।
 
उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
 
No comment yet. Be the first one to comment.