Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति
आर्थिक पाटी संवाददाता
२०७७-११-१९
बिचार / प्रतिक्रिया
काठमाडौँ । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ ।
कम्पनीले एक भच्र्युल कार्यक्रम मार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको क्यामेराबारे जानकारी दिएको छ । ८औँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।
रियल ८ प्रोको क्यामेरा सामसुङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुप अनुसार १∕१.५२ सेन्सरर १२०००∕९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ । यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्वीरको सुनिश्चितता गरेको छ । यसैगरी ‘एचएम२’ले‘नाइन–इन–वानपिक्सेल बिन्निङ’, ‘आइएसोओ सेल प्लस’ र ‘स्मार्ट आइएसोओ’मोबाइल तस्वीर सेन्सरका कारण यो फोन स्पष्ट रउत्कृष्ट तस्वीरका लागि सक्षम छ ।
रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुबैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्दछ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा छैन, अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ ।
रियलमी राखिएको सेन्सरसहितको १०८ एमपीको यस आधुनिक क्यामेराले सेवाग्राहीलाई थुप्रै अनुकूल र उत्साहजनक सुविधाहरु प्रदान गर्नेछ ।
‘इन–सेन्सर’जुम, झनै बढि स्पष्ट
यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममाथ्रि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्वीरको विवरण देखाउनेछ । १२ एमपी आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्वीर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ ।
यसमा प्रयोग गरिएको ३ह्सेटिङले अप्टिकल टेलिफोटोको लेन्स बाट खिचेको तस्वीर भन्दा पनि यसको क्यामेरा बाट खिचेको तस्वीर उत्कृष्ट ठहरिएको छ ।
स्मार्टफोनमा पहिलोपटक ‘टाइम लाप्स’ स्टारी मोड
रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ । विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुई भन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड एकदमै चुनौतीपूर्ण मानिन्छ ।
रियलमीे टाइम लाप्स भिडियो अल्गोरिथम विशेषताका साथ आउने तयारीमा छ, जसमा ४८० सेकेण्डमा ३० वटा तस्वीर खिच्न सकिनेछ र यो मोडमा संश्लेषण गरी संयोजन गरिसके पश्चात् ती तस्वीरलाई ४८० गुणा बढी स्पीडका साथ १ सेकेन्डमा हेर्न सकिनेछ ।
टिल्ट–शिफ्ट फोटोग्राफीःसूक्ष्म संसार
महँगो टिल्ट शिफ्ट लेन्सको प्रयोग गरेर यसमा टिल्ट शिफ्ट फोटोग्राफीको विशेषता पनि प्रदान गरिएको छ, जसले फोटोको केबल एक भागलाई फोकस गरेर स्पष्ट देखाउँछ र अन्य भाग ब्लर गरेर सूक्ष्म संसारको अनुभूति दिलाउँछ । रियलमी ८औँ सिरिजको फोन टिल्ट शिफ्ट तस्वीर खिच्नका अलावा १० औँ गुणा तीव्र टिल्ट शिफ्ट टाइम लाप्स भिडियो खिच्न समेत सक्षम छ । दृश्यहरू फरक र नयाँ तरिकाले हेर्नका लागि यो विशेषता उत्तम छ ।
स्मार्टफोनको दुनियामा यो फिचरको प्रयोग गर्ने रियमली ८ प्रो नै पहिलो हो । यसमा ब्लर र स्पष्ट दुबै क्षेत्रतर्फ आकार, कोण, स्थिति, अवस्था लगायतलाई थपघट गर्न सकिने विशेषताहरु पनि राखिएको छ, जसले दृश्यलाई अझ शानदार बनाउने विश्वास गरिएको छ ।
नयाँ प्रोट्रेट फिल्टर
अचेल अधिकांश स्मार्टफोनहरुले तस्वीरको फोकसिङ क्षेत्र बाहेकलाई ब्लर गर्ने फिचरहरु सार्वजनिक गरेका छन् । नयाँ ट्रेन्ड स्थापना गर्न रुचाउने रियलमीले ८औँ सिरिजको यस मोबाइल फोनमा आइकोनिक, नियोन, डायनामिक र एआई कुल फिल्टरहरु राखेको छ ।
प्राथमिकतामा क्यामेरा, मोबाइल फोटोग्राफीको नयाँ युग
विभिन्न सिरिजका मोबाइल फोनहरुको उत्पादनकाक्रममा रियलमीले क्यामेरालाई प्राथमिकता दिँदै नयाँ र विशेष फिचरहरु राख्दै आएको छ । रियलमी नयाँ प्रविधि र फिचरहरुका साथ विशेषगरी युवाजमातका क्षेत्रमा नेतृत्वदायी उपस्थिति जनाइरहेको छ ।
यसै क्रममा १०८ एमपीको क्यामेरा राखिएको यस सिरिजको मोबाइलमा थप नयाँ ट्रेन्ड स्थापना गर्न सक्ने फिचरहरु राखिएका छन् ।
कम्पनीको बारेमा
रियलमी छोटो समयमा नवीनतम् फिचर्सहरुसहित प्रविधिको क्षेत्रमा दू्रत रुपमा उदाएको स्मार्टफोन कम्पनी हो । जसका एआइओटी उत्पादनहरु विश्वभर लोकिप्रय छन् । ‘चुनौतीदेखि उन्नतिसम्म’ एजेण्डाका साथ लेटेस्ट टेक्नोलोजी र डिजाइनमा चासो राख्ने विशेषगरी युवापुस्तामा यसका उत्पादनहरु लोकप्रिय छन् ।
२०२० को तेस्रो त्रैमासिकमा सार्वजनिक ‘काउन्टर पोइन्ट’को रिपोर्टले विश्वका मुख्य स्मार्टफोन बजारमा रियलमी उच्च रहेको देखाएको थियो । उक्त रिपोर्टअनुसार विश्वमै उत्कृष्ट ७औँ नम्बरको बजार रियलमीको थियो । २०१९ मा स्थापना भएको यो कम्पनीले २०२० को तेस्रो त्रैमासिक सम्ममा ८०८ प्रतिशले बजार वृद्धि गरि विश्वभर हालसम्म २ करोड ५० लाख बढी आफ्नाग्राहक बनाउन सफल भएको छ । हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
सूचना-प्रविधि सम्बन्धित शीर्षकहरु
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
ताजा अपडेट
विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
लण्डन बियर प्रतियोगितामा नेपालको अर्ना बियरलाई रजत र काश्य पदक
सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
लक्ष्मी बैंकको नयाँ वर्ष अफरः 'अरेन्ज सेभिङ प्लस' खातामा आकर्षक सुविधा
लोकप्रिय
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
शाओमीले नेपाली बजारमा ल्यायो एमआई टिभी स्टिक
४९२ जनाले लिए हिमाल आरोहण अनुमति
मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त